‘मसँग एसेप्ट गर्ने क्षमता छ’ हरिहर अधिकारी

51 Shares

फिल्म । आउँदो चैत्र १५ गते प्रदर्शनमा आउने फिल्म ‘शुभ लभ’ मार्फत चर्चित युवा ज्योतिषी हरिहर अधिकारी नायकको रुपमा डेब्यु गर्दैछन् । ज्योतिषी हरिहर फिल्म मार्फत दर्शक माँझ कसरि चिनिन्छन यो त आउँदा दिनले नै बताउनेछ । तर हरिहर आफु सम्पूर्ण प्रतिक्रियाको लागि तयार रहेको बताएका छन् । ‘म मा एसेप्ट गर्न सक्ने क्षमता छ त्यसैले मलाइ आउने रिजल्टको डर छैन’ हरिहरले भने ‘मैले फिल्ममा पनि ज्योतिषीकै भूमिका निर्वाह गरेको छु त्यसैले दर्शकले मेरो भूमिकालाई सहजै रिलेट गर्नु हुन्छ ।’

फिल्मको क्यारेक्टर र प्रोफेसन मिल्ने तर्क हरिहरको छ । युवा अवस्थामै उनि ज्योतिषीको रुपमा चर्चामा आए । उनले अभिनेता राजेश हमलाको चिना हेरेर विवाहको प्रेडिक्सन गरेपछि उनि एकाएक चर्चामा आएका हुन् । ‘मैले राजेश हमाल सरको चिना हेरेपछि फिल्मनगरीसँग नजिकिए’ उनले भने ‘त्यसपछि फिल्मसँग जोडिनु भएको व्यक्तित्वसँग भेटघाट र सामिप्यता मात्र बढेन् , फिल्म हेर्ने र त्यसमा छलफल गर्ने क्रमले पनि निरन्तरता पायो ।’ त्यसो हरिहरले ए मेरो हजुर २ को कथा पनि लेखिसकेका छन् ।

त्यसपछि उनको डेब्युलाई लिएर विभिन्न गसिप हुन् थालेको थियो । ‘उहाहरुलाई भेटघाटकै क्रममा कन्सेप्ट शेयर गरेको हुँ , तर त्यो भेटघाटलाइ देखेर मिडियामा डेब्युको चर्चा भयो’ हरिहर भन्छन् ‘मेरो हरेक डिसिजनमा मेरो टिम र परिवारसँगको सल्लाहपछी नै हुन्छ ।’ यस फिल्ममा पनि त्यहि प्रक्रिया मार्फत उनले अभिनय गर्ने सहमति दिएका हुन् । ‘मेरो प्रोफेसनसँग रिलेट गर्ने भएकाले नै मैले अभिनय गरेको हुन्’ उनि भन्छन् ‘मलाइ सुहाउँदो पात्र छ भने आउँदा दिनमा अभिनयलाई पक्कै निरन्तरता दिनेछु ।’

कथाकै कारण हरिहरलाई नायक लिएको निर्देशक सन्तोष बाबु लोहनी बताउछन् । ‘कथा सुनिसकेपछि क्यारेक्टरलाइ हरिहरजीले नै प्रस्ट्याउने पाए’ निर्देशक लोहनी भन्छन् ‘ज्योतिषीको क्यारेक्टरलाई उँहा जत्तिको कसले बुझ्नु भएको छ र ?’ फिल्ममा सन् २०१७ कि मिस टिन नेपाल कृष्टिन पौडेल पनि डेब्यु फिल्ममा राम्रो टिम पाएकोमा दंग छिन ।

‘डेब्यु फिल्ममा राम्रो टिम पाए सबै शुभ हुन्छ भन्ने आश छ’ उनले भनिन् ‘फिल्ममा म एउटी लभर गर्लकै भूमिकामा छु , आफुले पाएको भूमिकालाई न्याय गर्न प्रयास गरेकी छु ।’ वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् । यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्