प्राविधिक संघमा लामाकै नेतृत्व

फिल्म । नेपाल नेपाल चलचित्र प्राविधिक संघको बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले पुष्कर लामालाई दोश्रो पटक अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको छ । अध्यक्षमा प्रत्यासीको रुपमा विभिन्न नाम आएता पनि अन्तिम समयमा लामाको नाममा सहमति भएको हो । अध्यक्षमा पुष्करसँगै कोषाध्यक्ष पदमा सुष्मा पौडेल निर्विरोध रुपमा चयन भएकी छिन् ।

उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् भने महासचिव पदमा शालिगराम दुलाल तत्थ सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् । रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया सदस्य पदमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्