‘मिर्जापुर’ को शानदार सुरुआत

फिल्म । ओटीटी प्लाटफर्ममा चर्चित वेब सिरिज ‘मिर्जापुर’ फिचर फिल्मका रूपमा दर्शकमाझ आएको छ। गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले सत्ता संघर्ष, राजनीतिक षड्यन्त्र, विरासत, दुश्मनी र क्रूर हिंसाको पुरानै संसारलाई निरन्तरता दिएको छ । फिल्मले सुरुआती व्यापार आक्रामक गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा धमाकेदार सुरुआत गर्दै पहिलो दिन रु. २७ कारोड ८५ लाख रुपैयाँ गरेको छ।

फिल्मले नेपालमा समेत शानदार कमाइ रहेको छ । यसले शुक्रबार र शनिवार नै करोड बढी ग्रस कलेक्सन गर्ने प्राप्त शो र दर्शक प्रतिक्रियाले सङ्केत गरेको छ । सन् २०२६ मा पहिलो दिन धेरै कमाइ गर्ने फिल्मको सूचीमा यो ‘धुरन्धर २’, ‘टक्सिक’ र ‘बोर्डर २’ पछि चौथो स्थानमा परेको हो । पंकज त्रिपाठी अभिनीत कालीन भैयाले मिर्जापुरमा आफ्नो प्रभुत्व कायम राखिरहेको देखाइएको छ। उनको साम्राज्य ढाल्न अली फजल अभिनीत गोविन्द मैदानमा उत्रिएका छन् । उनका भाइ बाब्लु पण्डितको भूमिकामा यसपटक ‘पञ्चायत’ सिरिजका सचिवका रूपमा चर्चित जितेन्द्र कुमार देखिएका छन् । वेब सिरिजमा भने उक्त भूमिका विक्रान्त मेसीले निभाएका थिए।

साथै, ‘मिर्जापुर’ फ्रेन्चाइजमा यसपटक रवि किशन पनि जोडिएका छन्, जो ग्याङस्टरको भूमिकामा रहेका छन्। गुरमीत सिंहको निर्देशनमा बनेको ‘मिर्जापुर द मुभी’मा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, श्वेता त्रिपाठी, श्रिया पिलगांवकर, रवि किशन, जितेन्द्र कुमार, कुलभूषण खरबन्दा र रसिका दुग्गललगायत कलाकारहरूको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्