विष्णु माझीले ल्याइन तीज गीत ‘घरबार’

सङ्गीत । गायिका विष्णु माझीले यस वर्ष पनि तीज गीत सार्वजनिक गर्ने भएकी छन् । हरेक वर्ष तीज गीतका कारण चर्चामा रहने माझीको यस वर्षको गीत ‘घरबार’ सार्वजनिक हुने तयारीमा छ ।

विष्णु माझीको तीज गीत कहिले आउँछ र कस्तो हुन्छ भन्ने प्रतीक्षा उनका स्रोतादर्शकमाझ रहने गर्छ । यसपटक पनि उनको नयाँ तीज गीतको प्रतीक्षा भइरहेका बेला ‘घरबार’को अडिओ ‘टपिक’मार्फत सार्वजनिक भइसकेको छ । यससँगै गीतको आधिकारिक भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ ।

‘घरबार’मा शब्द तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ । गीतको भिडियोमा यसअघि पनि विष्णु माझीका गीतमा मोडलिङ गरिसकेकी ललिता पौडेल देखिने भएकी छन् ।

विष्णु माझीका तीज गीतले हरेक वर्ष छुट्टै चर्चा पाउने गरेका छन् । उनका तीज गीतमा सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र महिलाका भावनालाई प्रस्तुत गरिने भएकाले पनि गीतप्रति स्रोतादर्शकको विशेष चासो रहने गरेको छ । य

कमेन्ट गर्नुहोस्