‘अल्फा’ले ‘स्पाई युनिभर्स’लाई थप संकटमा पार्ने संकेत

फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘अल्फा’ ले ‘स्पाई युनिभर्स’ को निरन्तरतामाथि थप चुनौती सिर्जना गर्ने संकेत देखिएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले दर्शक र समीक्षकबाट अपेक्षाअनुसार सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सकेको छैन ।

भारतका चर्चित फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमार्फत फिल्मलाई १.५ स्टार रेटिङ दिएका छन् । यस्तै, समीक्षक सुमित कडेलले फिल्मलाई १ स्टार मात्र दिँदै यसको कथावस्तुलाई तर्कहीन, हास्यास्पद र हलिउड फिल्मबाट अत्यधिक प्रभावित भएको टिप्पणी गरेका छन् ।

शिव रवैलको निर्देशनमा बनेको ‘अल्फा’ ले प्रदर्शनको पहिलो दिन करिब १० करोड भारतीय रुपैयाँको ओपनिङ गर्ने अनुमान गरिएको थियो । तर, प्रारम्भिक प्रतिक्रिया कमजोर रहेकाले दोस्रो दिनदेखि फिल्मको व्यापारमा उल्लेखनीय गिरावट आउन सक्ने विश्लेषण गरिएको छ । करिब १२५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको फिल्ममा आलिया भट्ट, अनिल कपूर, बबी देओल र शर्वरी वाघलगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्