फिल्म । चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को प्रचारप्रसार तीव्र पारिएको छ । निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो । लोकलयमा आधारित गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतको संगीत साप शक्तिकै रहेको छ भने शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। महाराज थापाले संगीत संयोजन गरेका छन्। गीत तथा भिडियोले नेपाली ग्रामीण परिवेश र स्थानीय संस्कृतिको झल्को दिन्छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। उनीहरूको प्रस्तुतिले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्म तीन युवाको कथा वरपर घुम्नेछ, जसमा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् भने शम्भु कुमार केसी विशेष सहयोगीका रूपमा रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन रहेको फिल्ममा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन् भने पाश्र्वसंगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रङ संयोजन रेनिश फागोको रहेको छ। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।










