फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले फागुन १६ गते (शनिबार)सम्मको कारोबारसम्बन्धी तथ्यांक सोमबार सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म रमिताको पिरती ले हालसम्म रु २८ लाख ६८ हजार १४३ कमाइ गरेको छ । फिल्मका लागि कुल ८ हजार ७३७ टिकट बिक्री भएको उल्लेख छ ।
नव निर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा बनेको फिल्ममा आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । फिल्मले दर्शकबाट अपेक्षाकृत सकारात्मक समीक्षा प्राप्त गरे पनि व्यापार भने सन्तोषजनक हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्










