फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली फिल्महरूको पुस २६ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
गत पुस १० गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मुग्लान’ ले हालसम्म ६ लाख ३१ हजार ९४४ रुपैयाँ आम्दानी गरेको छ । अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी र रामचन्द्र अधिकारीलगायत कलाकारको अभिनय रहेको यस फिल्मका लागि कुल २ हजार ४०० वटा टिकट बिक्री भएका छन् ।
आशिष ढकालको निर्देशनमा बनेको यस फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाकृत न्यून कमाइ गरेको छ ।
कमेन्ट गर्नुहोस्











