‘राम नाम सत्य’ चैत २७ बाट प्रदर्शनमा आउने

फिल्म । माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम नाम सत्य’ को शुभमुहूर्त गरिएको छ । ललितपुरको बङ्गलामुखी मन्दिरमा क्यामेरा पूजा गरी फिल्मको शुभसाइत गरिएको हो। फिल्मको छायाङ्कन केही दिनमै काठमाडौँबाट सुरु हुनेछ र यसको केही अंश चितवनमा पनि खिचिने निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्देशक माइकल चन्द ले ‘राम नाम सत्य’ लाई आफ्नो सपनाको फिल्म भन्दै यसको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो फिल्म आउँदो चैत २७ गते, नयाँ वर्षको छेको पारेर रिलिज हुनेछ । शुभमुहूर्तसँगै फिल्मको मुख्य कलाकार विराज भट्टको लुक्स पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा विराज भट्ट एक्सन अवतारमा देखिएका छन्, जसले उनको ‘एङ्ग्री लुक्स’ लाई प्रस्ट रूपमा झल्काएको छ।

फिल्ममा विराज भट्टका साथै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनील थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसी को मुख्य भूमिका रहेको छ।

उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा किशोर भट्ट र डा. डी आर उपाध्याय कार्यकारी निर्माताका रूपमा रहेका छन् ।फिल्मको कथा र पटकथा माइकल चन्द आफैँले लेखेका हुन्। यसमा सञ्जय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ। विक्रम स्वाँर र सियोन श्रेष्ठले यसको कोरियोग्राफी सम्हालेका छन्।

यस फिल्ममा निरज ठकुरी (क्रिएटिभ निर्देशक), नवीन जङ्ग शाही (कास्टिङ डिरेक्टर), राजेन्द्र मोक्तान (कलर), विवेक बस्याल (पोस्टर फोटो), विजय बस्याल (पोस्टर डिजाइन) रहेका छन्। साथै, मोती कार्की (क्रिएटिभ निर्माता), राजेन्द्र आचार्य (लाइन प्रोड्युसर), अभिमन्यू निरवी र समय थापा (स्क्रिप्ट कन्सल्ट्यान्ट), विदुसी थापा (प्रोडक्सन डिजाइनर), तेज विक्रम केसी (प्रोडक्सन म्यानेजर) र सम्झना राई (मेकअप) ले यस फिल्ममा काम गरेका छन्।

कमेन्ट गर्नुहोस्