माघ १ मा ‘मिरमिरे’

फिल्म । यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ले रिलिज मिति तय गरेको छ । निर्माण पक्षले माघ १ गतेलाई रिलिज मितिका रूपमा लक गरेको हो । नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा छायांकन सेटबाटै यो मिति सार्वजनिक गरिएको छ ।

हाल फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेदेखि सुरु भएको छायांकन अबको दुई सातामा सकिने निर्माण टिमले जनाएको छ । फिल्मको अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा भएको छ भने केही दृश्य चित्लाङमा खिचिएको छ ।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

‘मिरमिरे’को कथा र निर्देशन यम शेर्पाले गरेका छन् । छायांकन आलोक शुक्लाले गरेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता छन् । कार्यकारी निर्माता रोहित कट्टेल छन् । बिरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् । फिल्मको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

कमेन्ट गर्नुहोस्