‘के घर के डेरा घर नं २’ हलमा

फिल्म । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथा तथा दीपेन्द्रके खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा घर नं २’ आजदेखि प्रदर्शन भएको छ । फिल्मले नेपालभर दुई सय बढी शो सङ्ख्यामा प्रदर्शन सुरुआत गरेको वितरक करण श्रेष्ठले जनाएका छन् । निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए ।

किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा तयार गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ । उक्त फिल्ममा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्