शान्तिश्री र शिवम्को स्वरमा ‘राख मनैमा’ सार्वजनिक

सङ्गीत । गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको स्वर रहेको नयाँ गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ । दिवस नाथ र शिवम्कै शब्द रहेको यस गीतमा शिवम्ले नै संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेत्री जुना विश्वकर्मा र स्वयं दिवस नाथलाई फिचरिङ गरिएको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन्। यो गीत दिवस नाथको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘राख मनैमा’ मा माया गरेको व्यक्तिलाई सधैँ आफ्नो मनमा राखिराख्न आग्रह गरिएको छ। गीतमा प्रयोग भएका स्थानीय शब्दहरू निकै कर्णप्रिय छन् भने भिडियोलाई पनि आकर्षक बनाइएको छ। गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै दिवस नाथले भने, ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता/दर्शकमाझ ल्याएका छौँ र सबैले मन पराइदिनुहुनेमा हामी आशावादी छौँ।’

कमेन्ट गर्नुहोस्