‘महाराजधिराज’ मा रमेश

फिल्म । फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् । लामो समयपछि रमेश पर्दामा फर्किन लागेका हुन् । उनी आफैँले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’पछि यसमा काम गर्न लागेका हुन् ।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यसमा ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ ।

यसमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । यसका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

कमेन्ट गर्नुहोस्