दर्शकले रुचाए ‘ऊनको स्वीटर’

फिल्म । मङ्गलवार सार्वजनिक गरिएको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । आर्टमान्डूले निर्माण गरेको फिल्मको ट्रेलर छोटो समयमा नै युट्युबको मुभी सेक्सनको शीर्ष स्थानमा पुगेको छ । दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ ।

‘ऊनको स्वीटर’ मा पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक बुनेका निर्देशक नवीन चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाए । फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

कमेन्ट गर्नुहोस्