‘जलाकी’मा जोडिए धिरज

फिल्म । अशोक थापा मगरको निर्देशनमा तयार भइरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गतवर्ष प्रदर्शन भएको फिल्म ‘खुस्मा’मा सहकार्य गरेका थिए । बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको भएको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु फिल्म हो ।

कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यसको छायांकन तिन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण भइरहेको फिल्मका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

यसमा शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहेको छ ।

कमेन्ट गर्नुहोस्