‘भाईरल गोर्खे’को टिजर सार्वजनिक

फिल्म । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट फिल्मको कथावस्तुका कारेमा प्रकाश पारिएको छ ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्मको सार्वजनिक टिजरमा देखाइएको छ।

फिल्मको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिनेता पत्रकार ऋषि धमालसँग अर्न्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको फिल्मलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

कमेन्ट गर्नुहोस्