सङ्गीत । गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । उनले विद्यार्थीको अध्यनलाई सघाउने उदेश्यले उक्त समयमा कुनै कार्यक्रम नगर्ने घोषणासँगै सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् ।
उनले भनेका छन्,‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’
उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । यसवर्षको एसईई विहिबारदेखि सुरु हुँदैछ । यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।
यसअघि प्रायः विवादमा आइरहने गायक थापा पछिल्लो समयमा भने प्रशंसकको मन जित्ने प्रयासमा छन् । उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्बयुको ग्लोबल ट्रेन्डिङमा छ ।












