फिल्म । छायांकनको समयदेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’ आउँदो वर्ष विसं २०८२ को दसैँमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले जारी गरेको सूचना अनुसार समीर भट्ट स्टारर फिल्म ‘बलिदान’ आगामी दसैँको फूलपातिमा दर्शकले हेर्न पाउनेछन् । टिजर वा पोस्टरमार्फत औपचारिक जानकारी दिने तयारी रहेको फिल्मले डेट सार्वजनिक गरेसँगै दसैँमा ‘महाभिडन्त’ हुने देखिएको छ ।
भीएफएक्स लगायतका दृश्य सम्पादन र निर्माण गर्नुपर्ने भएकाले फिल्मलाई दसैँ अगाडि प्रदर्शन गर्न कठिनाई हुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो । यो एक्सन र पोलिटिकल ड्रामामा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।
कमेन्ट गर्नुहोस्












