सङ्गीत । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमण सकेका छन् । अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट सुरू गरिएको यो भ्रमण एक महिनासम्म विभिन्न सहरमा भएको आयोजक मध्येका एक सुभाष थापाले जानकारी दिए । उनले अष्ट्रेलियाका विभिन्न सहरमा ७ प्रस्तुती दिएको आयोजक थापाले जानकारी दिए । गायक ढकाल अष्ट्रेलिया भ्रमण सकेर अमेरिका प्रस्थान गरिसकेका छन् ।
‘अष्ट्रेलियामा मैले सधै मायाँ पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । यसपटक दसैँ यतै मनाउदाको अनुभव छुटै संगाले । दर्शकको माया प्रति आभारी छु’, उनले भने । उनको भ्रमणलाई पाल्पा सर्भिसेसले आयोजना गरेको थियो ।
कमेन्ट गर्नुहोस्












