‘लक्की फिल्मी अवार्ड २०८१’ हुँदै

फिल्म । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड २०८१’ को तयारी तीव्र पारेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा सार्वजनिक गरे ।

लक्की मिडिया हाउसले प्रचारसामाग्री सार्वजनिकसँगै अभियान नै चलाउने महाप्रबन्धक कार्कीले बताए । उनले भने,‘मोफसलमा गतिविधि बढाउन भ्रमण गर्दै मुख्य सहरमा पुग्ने छौँ । अवार्डको विषयमा समेत जानकारी गराउने छौँ ।’

अभिनेत्री हमालले मोफसलमा पनि यस्ता गतिविधी हुनु आम कलाकारहरुको लागि गर्वको बिषय भएको बताइन ।

कमेन्ट गर्नुहोस्