आर्थिक समस्यामा परेकालाई सहयोग गर्न डकुड्रामा

फिल्म । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन बारे तय नभएता पनि सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण यसको निर्माण हुनेछ । सलिना र आर्यन यो ड्रामाको छायांकनको लागि आगामी महिना मेमा नेपाल आउँदैछन् । उनीहरु दुवै जना लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना वास्तविक कलाकार छनोट गरिनेछ । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ । डकुड्रामाको उद्देश्य आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको सलिनाले बताइन् ।

सात एपिसोड निर्माण गरिने डकुड्रामालाई ७ जना निर्देशकले नै निर्देशन गर्नेछन् । निर्देशकको नाम चाँडै घोषणा गरिनेछ । डकुड्रामाको संगीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन् । हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्याइएको छ ।

सलिना अहिले अस्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रीज्बेनमा कार्यरत छन । अहिले दुवैजना अस्ट्रेलियाको सोसल मिडियामा भाइरल छन् ।

कमेन्ट गर्नुहोस्