विराजको ‘१२ गाउँ’ मा दक्षिण भारतीय फिल्मका भिलेन

फिल्म । अभिनेता विराज भट्टले आफ्नो महत्काक्षी होम प्रोडक्सन ‘१२ गाउँ’को खलनायकमा कनिज कोइरालाई अनुबन्धित गरेका छन् । कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत हुन् ।

नेपाली फिल्मका लागि नयाँ भएपनि उनले दक्षिण भारतीय अभिनेता प्रभासको ‘साहो’ र अभिनेता अधवी शेषको ‘गोडाचरी’ मा नकारात्मक भूमिका निर्वाह गरिसकेका छन् । उनले अभिनेता भट्टसँग भोजपुरी फिल्ममा ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् । सोहीकारण यो सहकार्य सम्भव भएको हो ।

अभिनेता भट्टले ‘१२ गाउँ’ मिस नेपाल इन्टरनेशनल-२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिसकेका छन् । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा अभिनेता भट्टले मूख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन् । उनले यही फिल्ममार्फत आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । सन्तोष सरकारको कथा तथा पटकथामा तयार हुने फिल्ममा एक्सनलाई धतानमा राखेर तयारी सुरू गरिएको छ ।

कमेन्ट गर्नुहोस्