सङ्गीत । युरोपका विभिन्न सहरमा ‘म्युजिकल टूर २०२४’ हुने भएको छ । यही जनवरी २० देखि फेब्रुअरी २४ मा सम्म हुने टूरमा सहभागी हुन् वरिष्ठ सङ्गीतकार सुनिल मास्केको नेतृत्वमा गायिका प्राश्ना शाक्य, गीतकार, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी नरेश भट्टराई, गीतकार अर्जुन रत्न भिकारी विहिबार बेलुकी युरोपतर्फ प्रस्थान गरेका छन् । जनवरी २० मा बेल्जियमबाट सुरू हुने म्युजिकल टूरमा सोहीस्थानबाट गायक नारायण धिताल जोडिने सञ्चारकर्मी भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेल्जियम, स्विजरल्याण्ड, स्पेन र पोर्चुगलमा २/२ शो हुनेछ । ‘यो टूर सांगीतिक र मनोरञ्जनात्मक हुनेछ । केही अगाडिदेखि कै तयारी थियो । हामी युरोप आइसकेका छौँ’, सञ्चारकर्मी भट्टराईले भने ।
कमेन्ट गर्नुहोस्










