फिल्म । पहिलो निर्देशकीय फिल्म ‘लूट’ मार्फत सेलिब्रेटी निर्देशकको ट्याग पाएका निश्चल बस्नेतले निर्देशनलाई निरन्तरता दिने भएका छन् । हालसम्म चार फिल्म मात्र निर्देशन गरेका बस्नेतले पछिल्लो फिल्म ‘दिमाग खराब’को प्रचारप्रसारकै क्रममा अब निर्देशनमा ग्याप नरहने बताएका थिए । सोही अनुरुप उनले आउँदो वर्ष एक्सन जनराको फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् ।
आफ्नो जन्मोत्सवको अवसरमा उनले आउँदो वर्ष उनको निर्माणमा ‘बेहुली फ्रम मेघौली’ निर्माण र एक्सन फिल्म निर्देशन गर्ने बताएका छन् । उनले अभिनय गरेको फिल्म ‘अगस्त्य : च्याप्टर १’ यही फागुन १८ मा प्रदर्शन हुँदैछ । फिल्ममा उनले अजितको भूमिका निर्वाह गरेका छन् ।
पछिल्लो समय कमेडी र सोसल ड्रामा जनराको फिल्म निर्माण बढिरहेको समयमा निर्देशक बस्नेतले भने एक्सन जनरा रोजेका छन् ।
कमेन्ट गर्नुहोस्












