‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि विनोदलाई

सङ्गीत । गायन प्रतियोगिता (रियालिटी शो) द भ्वाइस अफ नेपालको पाँचौ संस्करणको उपाधि विनोद राईले प्राप्त गरेकाछन् । शुक्रबार बेलुकी ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको अन्तिम प्रतिष्पर्धा (ग्राण्ड फिनाले) मा प्रशिक्षक तथा गायिका मिलन नेवार समूह अन्तर्गत इलामका ३२ वर्षीय राई विजेता घोषित भए ।

उनीसँगै प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट चारमा रहेका मकरबहादुर योन्जन उप विजेता, कुमार प्रयास राई दोस्रो र नोगेन लिम्बु तेस्रो घोषित भए । मतका आधारमा घोषणा गरिएको विजेता बनेसँगै राईले नगद बीस लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे ।

आयोजित अन्तिम प्रतिष्पर्धामा विजेता घोषणा अगाडि प्रशिक्षक नेवारसँगै गायक उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो आफ्नो समूहका अन्तिम प्रतिस्पर्धीसँगै प्रस्तुती दिएका थिए ।

कमेन्ट गर्नुहोस्