फिल्म । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता भएको जानकारी दिएका छन् ।
यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । यस्तै, फिल्ममा बुद्धि तामाङको पनि प्रवेश भएको छ । फिल्ममा अब अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् ।
यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । दिनेशले फिल्म ‘पुजार सार्की’पछि यो फिल्मको निर्देशन थाल्नेछन् । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ ।











