फिल्म । ‘मेरो एउटा साथी छ’,‘लोफर’ जस्ता फिल्ममा अभिनय गरेका अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राईले पुनः स्क्रीन सेयर गर्ने भएका छन् । उनीहरू दुईको अभिनय रहने फिल्म ‘गाउँ नै रमाइलो’ तय भएको छ । निर्देशक राउतले फिल्मको निर्देशन गर्दैछन् भने लेखन विकास सुवेदीको रहेको छ । निर्देशक राउतले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।
हिरोको छवी बनाएका आर्यन र कलाकारको रुपमा परिचित दयाहाङको अभिनय रहने भनिएसँगै दर्शक उत्साहित छन् । यो फिल्म के कस्तो विषयमा बन्ने बारे जानकारी न गराईएपनि आउँदो वर्ष विसं २०८१ को दसैँमा प्रदर्शन गरिने निर्माण कम्पनि क्लक वार्क क्रियशनले जनाएको छ । कम्पनिका अनुसार आउँदो वर्ष विसं २०८१ को जेठबाट छायांकन सुरू हुनेछ । उक्त फिल्मलाई नेपालमा आरआर फिल्मस र डायस्पोरामा एमएसएम इन्टरटेन्मेन्ट वितरण गर्नेछ ।












