‘छानविनमा प्रहरी हुनुपर्छ’ : नेता कोइराला

देश । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेको हुन् सक्ने आंशका व्यक्त गरेका हुन् । उनले भने,‘एकपछि अर्को इस्यू आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै । किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।’

कोइरालाले सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरेर नहुने बताए । उनले यसको अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले भने,‘राजश्व अनुसन्धान विभागलाई ओलीजीले प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउँछु भन्नुभएको थियो तर फर्काउनु भएन । अहिले पनि प्रधानमन्त्रीले फर्काउनु भएन । अब आफैं बुझ्नुस् सुनकाण्डमा राजश्व अनुसन्धान विभाग मात्र इन्भल्भ छ । सीआईबी किन छैन।’

कमेन्ट गर्नुहोस्