फिल्म । ‘आदिपुरुष’ को असफलता पश्चात भारतीय अभिनेता प्रभासको स्टारडम ‘सालार’ ले फर्काउने विश्वास राखिएको छ । फ्रेनचाइजी फिल्मको पहिलो भागको नाम ‘सिजफायर’ राखिएको छ । प्रशान्त नील निर्देशित फिल्मको टिजर सार्वजनिक भए लगत्तै यसको कनेक्सन ‘केजीएफ’ सँग खोजिएको छ । उही साम्राज्य देखिने केही दृश्यले फ्यान निकै उत्साहित भएका छन् ।
टिजरमा दमदार एक्सन र जबरदस्त संवादको झलक देख्न सकिन्छ। दुइ मिनेट भन्दा कमकाे टिजर सुरु हुन्छ, टिनु आनन्द आफ्नो कार बाहिर उभिएर धेरै हतियारधारी मानिसहरूले घेरेका थिए । तर, तिनु आफ्नो खतराको बारेमा चिन्तित छैनन् र उनीहरूलाई भन्छन्, “सिंह, बाघ, चितुवा, हात्तीहरू धेरै खतरनाक छन् तर जुरासिक पार्कमा होइन, यति हो …” र त्यसपछि प्रभासको परिचय हुन्छ। उनी लडाईको दृश्यको बिचमा छुराको आकारको तरवार लिएर देखिन्छन् । यसपछि निधारमा टिका लगाएका पृथ्वीराज सुकुमारनको पनि झलक देखिन्छ।
फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रिया रेड्डी र अन्यलाई ठूलो पर्दामा आफ्ना क्यारेक्टरहरू द्वारा फ्यानहरूलाई लोभ्याउनेछ। तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दी सहित ५ भाषाहरूमा ‘सलार’ प्रर्दशन हुनेछ।












