फिल्म । सार्वजनिक प्रदर्शन भएको पाँच वर्षपछि चलचित्र ‘चौका दाउ’ इन्टरनेट रिलिज भएको छ । युट्युबमा भेटीएसँगै यो चलचित्र दर्शकको रोजाईमा परेको छ । ट्रेन्डिङको पहिलो स्थानमा आएसँगै चलचित्रमा देखाईएको कमेडी र संदेशलाई रुचाएको निर्देशक पूर्णेन्दु झाले बताए । ‘सामाजसँग जोडिएको कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरेका थियौँ । प्राप्त प्रतिक्रियाले अहिले उत्साहित भएको छु’, निर्देशक झाले भने । चलचित्रले हसाउनुको साथै सामाजिक दायित्वलाई पनि बोध गराउने उनको भनाई छ । यसपछि उनी दुई प्रोजेक्ट भर्गो र अफेयरको तयारीमा छन् । ‘काम भईरहेको छ । यसबारे समय आएपछि जानकारी गराउने छु’, निर्देशक झाले भने ।
‘चौका दाउ’ मा वर्षा राउत , सन्तोष पन्त , विल्सन विक्रम राई , तैयव शाह , रविन्द्र झा , निर्मल शर्मा ,अजश्र ढुँगाना, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय रहेको छ ।
अभिमन्यु निरवीको पटकथा संवाद रहेको चलचित्रमा छायांकनमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण व्यवस्थापकमा सुवास काफ्ले रहेका छन् ।












