विन्ध्यवासिनी कला पत्रकारिता सम्मान नरेशलाई

सङ्गीत। नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार सम्पन्न भएको छ।गतवर्ष २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। त्यसैगरी नगद ५० हजार रुपियाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ। समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ। सञ्चारकर्मी भट्टराई विदेशमा रहेकाले उहाँको सम्मान पुर्व मिस नेपाल सुगारिका केसीले ग्रहण गरेकी थिइन्। अवार्ड विजेताहरु १.सर्बोत्कृष्ट गीत गीतकार – दिपीका रिमाल थापा- छुटेपछि त छुट्यो २.सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत) गायक – रुपक डोटेल – तिमी बिना ३.सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत ) गायिका – जुनु रीजाल – न दोष तिम्रो न दोष मेरो ४.सर्बोत्कृष्ट संगीत (सुगम संगीत ) संगीतकार – इशवर अमात्य – अघि बढे भेल बाढी ५.सर्बोत्कृष्ट रचना (सुगम संगीत ) गीतकार -बि पाण्डे – झुम्के बुलाकि ६.सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत) गीतकार – प्रभा बर्तौला – एउटा कथा ७.सर्बोत्कृष्ट पप गायन पुरुष गायक-संजीब सिंह-आधा रातमा ८.सर्बोत्कृष्ट युगल गायन गायक गायीका – हिमाल सागर र अनु चौधरी – ए होर माया ९.सर्बोत्कृष्ट एरेन्जर एरेन्जर – साहास शाक्य – साथले तिम्रो १०.सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष) गायक – विक्रम परियार – पाखे ११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला) गायिका – सुनिता बुढा छेत्री – रुदै रुदै नौतुना रेलैमा १२.सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी) डिरेक्टर – स्मृती तिमल्सीना – मकै पिस्ने जाँतो १३.सर्बोत्कृष्ट लोक दोहोरी भाका संगीतकार – सन्तोष केसी – गुल्मेली हुम कर १४.सर्बोत्कृष्ट मोडल (लोक दोहोरी) मोडल – रुबिना अधिकारी र लोमस शर्मा – बिउरीयो दुई दिने चोला १५.सर्बोत्कृष्ट मोडल (आधुनिक) मोडल – कुमारी बराइली र बिमल अधिकारी – दिलको डायरीमा १६.सर्बोत्कृष्ट गीत (लोक दोहोरी) रचना – घनश्याम रिजाल – सुन्य भयो डाँडैको चौर १७.सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक) डिरेक्टर – रामजी लामिछाने – एउटा कथा १८.सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत गीतकार – हाम्रो देशको सिमाना – अर्जुन कौशल १९.सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर) सम्पादक – प्रबिण भट्ट- पिर २०.सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन) छाँयाकार – अजय रेग्मी – सरानकोटको डाँडैमा २१.बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार – कौशिला खनाल कमाचार्य पब्लीक च्वाईस अवार्ड : दिपेन्द्र तिमल्सीना पपूलर अवार्ड : प्रकाश धमला जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी जूरी अवार्ड गीततर्फ : कमल सरगम
कमेन्ट गर्नुहोस्