‘ज्याकी : आई एम ट्वान्टी वान’ टिजर सार्वजनिक

फिल्म। कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतार-चढावलाई देखाइएको छ । नृत्यको कथामाथि बनेको फिल्म नेपालमा पहिलो पटक हो ।

बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ । फिल्ममा दुवै डान्सरको भूमिकामा छन् । उनीहरुले फिल्मका लागि लामो समय नृत्य सिकेका थिए । अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।

आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्