सुरु भयो केकी र विपिनको ‘प्रसाद २’को छायांकन

फिल्म । अन्तत: फिल्म ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा फिल्मका प्रस्तुतकर्ता हुन् । शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त दृश्यको छायांकन गरे ।

निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । यसमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । फिल्मलाई रङ्गपत्रकार सुशिल पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्