‘उचाई’ मा नेपाली प्राविधिकको अनुभव

फिल्म । नेपाली प्राविधिकसमेत सहभागी रहेको फिल्म ‘उचाई’ नेपाली हलमा प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले ठीकठाकै व्यापार गरिरहेको छ । गतवर्ष कोरोना भाइरसको महामारी पश्चात हलमा दर्शकको उपस्थिति कम हुँदा नेपालमा छायांकन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नेपाली पर्यटनलाई प्रवर्द्धनमा सहयोग गर्ने अनुमान गरिएको छ ।अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको फिल्म ‘उचाई’ को नेपलामा झन्डै एक महिना छायांकन भयो । फिल्ममा समेत ४५ मिनेट भन्दा बढी दृश्य नेपालको छ ।

नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायांकन गर्न दुई सयको हाराहारीमा प्राविधिकहरू भारतबाट आएका थिएँ । त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरे । राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा नेपालको स्वयम्भु, काठमाडौं विमानस्थल, लुक्ला,नाम्चे, मनाङको दृश्य देख्न सकिन्छ । नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनि थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिएँ ।

‘उहाँहरूबाट हामीले सिकेका छौँ । काम गर्ने शैली र गर्ने व्यवहारले हामीलाई सिकाएको छ’,प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने,”दिग्गज कलाकारहरूको काम प्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न उर्जा प्रदान गर्थ्यो । निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गर्नुभएन।’ उचाईको छायांकन भएपश्चात केही सिरिज तथा फिल्महरू नेपाल छायांकन हुन् आएका छन् ।

विजय सेतुपति अभिनित ‘फर्जी’ नामक वेब सिरिज समेत नेपालमा छायांकन भयो । ‘हामीले सेवा सुविधा थपे कानुनी अड्चनसँगै आउने विविध समस्याहरू समाधान गर्न सके छायांकन बढ्ने छन्’, रेग्मीले भने । उनले उचाईमा देखिएको दृश्यले बलिउडका अन्य प्रोडक्सन हाउसलाई नेपाल ल्याउने समेत बताए । डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन् । उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयाश गरेता पनि त्यो सफल हुदैन । डेन्जोङ्पाको निधन पश्चात उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा छ । नेपाली गाइड परिणिती चोपडाले उहाँहरूलाई हिमाल पुर्‍याउने र घुमाउने भूमिका निर्वाह गरेकी छिन् । यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो । अभिनेत्री चोपडाले नेपाली सुन्दरताको बखान गर्दै हिमालय घुम्नु पर्ने विचार सामाजिक सञ्जालमा राखेकी थिइन् ।

कमेन्ट गर्नुहोस्