प्रेमका लागि युद्ध लड्दै प्रेम (भिडियो)

फिल्म । पछिल्लो समय नेपाली फिल्म ‘प्रेम गीत ३’ चर्चामा छ । नेपालीसँगै छिमेकी मुलुक भारतमा हिन्दी भाषामा प्रदर्शन हुने भएपछि फिल्मको चर्चा चुलिएको छ । प्रदीप खड्का शिर्ष भूमिकामा रहेको फिल्म ‘प्रेम गीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।

दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ। दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ । प्रदीपले प्रेमको लागि गर्ने संघर्षमा टिजर केन्द्रीत छ । निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्म प्रेम प्रदीप र गीत क्रिस्टिनाको वरपर केन्द्रीत छ ।

कमेन्ट गर्नुहोस्