बेलायत उडे ‘लण्डन टु पेरिस’ कको कलाकार टोली

फिल्म । फिल्म छायांकनको लागि साम्राज्ञी आरएल शाह , कबिर खड्का , गरिमा शर्मा र निश्चल खड्का बेलायत उडेका छन् । निर्देशक र निर्माताको टिम गत सातानै लन्डन पुगेर छायांकनको तयारीमा छन् । निर्देशक घनश्याम लामिछाने , मुख्य सहायक निर्देशक फिरोज खड्का सहितको टिमले छायांकन गर्ने भनिएको लोकेसन तय गरेपछि कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन आउँदो सातादेखि बेलायतका तीन सहरमा लण्डन, म्यानचेस्टर र वेल्समा हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै साम्राज्ञी, गरिमा र दुई नायकले सुटिङलाई लिएर आफूहरु उत्साहित भएको सुनाए । यही फिल्मबाट अभिनयमा गरिमा र निश्चलले डेब्यु गर्दैछन् । भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

तस्वीर सौजन्य : अर्जुन गुरागाईं

कमेन्ट गर्नुहोस्