डिभोर्स गर्ने निर्णय लिए इमरान र अवन्तिकाले

फिल्म । अभिनेता सोहेल खान र उनकी श्रीमती बीचको डिभोर्सको खबर चर्चामै रहेको समयमा अर्का अभिनेता इमरान खान र उनकी पत्नी अवन्तिका मलिकले सम्बन्धविच्छेद गर्ने निर्णय लिएको खबर सार्वजनिक भएको छ । उनीहरूले बिहे गरेको १३ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको टाइम्स अफ इन्डियाले लेखेको छ । यस्तै उनीहरू विगत दुई वर्षदेखि अलग बस्दै आएको समेत बताइएको छ ।

सन् १९८८ मा कयामत से कयामत तकमा देखिएका इमरानले बलिउडमा हिरोको रुपमा जाने तु या जाने ना मार्फत डेब्यु गरेका थिए । सन् २०१५ मा फिल्म ‘कट्टी बट्टी’मा देखिएका इमरानले लगातारको असफलता पश्चात फिल्म पाउन सकेनन् । इमरानले बलिउड फिल्ममा काम पाउन छाडेपछि आर्थिक समस्या झेल्नु पर्यो । सोही कारण इमरान र उनकी पत्नीबीच मनमुटाव सुरु हुन थालेपछि त्यसले डिभोर्सको बाटो तय गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । उनीहरूले २०११ मा विवाह गरेका थिए। उनीहरूको एक छोरी इमारा खान छिन्। अवन्तिकाले २०१४ मा छोरीलाई जन्म दिएकी थिइन्।

कमेन्ट गर्नुहोस्