षट्कोणको ‘रहस्य’ सार्वजनिक (भिडियो)

फिल्म । फिल्म षट्कोणमा समावेश ‘रहस्य’ बोलको प्रोमोशनल लिरिकल गीत सार्वजनिक गरिएको छ । युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको फिल्ममा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन् ।

फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो । वैशाख २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कार्मसँगै भोलाराज सापकोटाका, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

कमेन्ट गर्नुहोस्