देश । बलात्कार र यौन जन्य हत्याहिंसाजस्ता अपराधबाट बालबालिका बचाउन नियम कानुन फितलो भएको ठहर गर्दै संशोधन गर्न मागसहित समृद्धि फाउन्डेसन नेपालले आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ । सुन्दरहरैंचा नगरपालिका –७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घट्नाउपर ध्यानाआर्कषण गराउँदै फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठ सहित महिलाहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाउदै प्रकाउ परेका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् ।
फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठले कानुन फितलो भएकै कारण यस्ता घटना र अपराधहरु बारम्बार हुने गरेकोमा जोड दिईन । मुखमा कालो पट्टी बाँधेर बलात्कार र हत्याहिंसाको विरोध गर्दै फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाउदै बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ? भनेर प्रश्न गरेकी छिन् । ’कानुन कम्जोर हुँदा त्यस्ता अपराध र अपराधीको मनोबल घट्न सकेको छैन । त्यसैले उनीहरु पटक पटक त्यही अपराध दोहो¥याइरहेका छन्’ अध्यक्ष श्रेष्ठ भन्छिन् ,’समाजमा त्यस्ता अपराधी खुला रुपले घुमिरहेकै कारण आज हरेक बालबालिका र महिलाहरुको स्वतन्त्र र सुरक्षित भइ बाँच्न पाउने अधिकार खोसिएको छ।’
ज्ञापन पत्र बुझ्दै राष्ट्रिय महिला आयोगकी माननीय सदस्य कृष्ण कुमारी खतिवडाले यस्तो घट्नाले विक्षिप्त बनाए पनि आफूहरुले यस्तो घटना रोकथामका लागि योजना अगाडि सारेको बताइएकी छिन् । आयोगकी अध्यक्ष कमला पारजुलीले तत्कालै अन्तरक्रियात्मक कार्यक्रम मार्फत सरकारलाई कानुन समीक्षा गर्न ध्यानाकर्षण गराउने बताएकी छिन् । ‘एउटी १६ वर्षकी बालिका र १८ वर्षका बालकबीच राखिएको शारीरिक सम्बन्ध र यो १८ महिना बालिकाको मुद्दा एउटै होइन । यो जघन्य अपराध हो,’ अध्यक्ष थापाले भनिन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव दीपकजंग ध्वज कार्कीले ज्ञापनपत्र लिँदै आयोगले यस्तो मुद्दामा सरकार, प्रहरी, सामाजिक कहाँ चुक्यो ? मानव अधिकार आयोगको भुमिका कस्तो हुन्छ भन्ने कुरामा बहस गर्दै अगाडि बढ्नुपर्ने बताए । फाउन्डेसनकी अध्यक्ष श्रेष्ठ आउँदा दिनमा कानुनमा भएका कमजोरीलाई प्रस्ट्याउने गरि चेतनाको कार्यक्रमहरु अगाडी बढाउने बताइन । ’हामीले विभिन्न कार्यक्रम मार्फत नेपाल सरकारलाई कानुन संसोधन गर्न ध्यानकर्षण गराउने छौँ’ अध्यक्ष श्रेष्ठ भन्छिन् ,’आम मानिसलाई समेत चेतनशील बनाउन यसै साता सडक नाटक समेत गर्दैछौँ ।’ सञ्चारकर्मी हुँदै फिल्म निर्देशक समेत बनेकी श्रेष्ठले आफ्नो डेब्यु फिल्म ’कथा काठमान्डौ’ मा समेत यस विषयलाई समेटेकी थिइन् । इन् ।












