फिल्म । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो पठाएका छन् । उनले एक भिडियो संदेश मार्फत आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’ लाई अघिल्ला फिल्म झैँ माया गर्न आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरुमा रिलिज हुँदैछ । हेरेर माया गरिदिनुहोला’ प्रभासले भनेका छन् । उनले यो भिडियो संदेश फिल्म ‘राधे श्याम’ को नेपाल वितरकलाई पठाएका हुन् ।
फिल्म आउँदो शुक्रबार देखि नेपालमा पनि प्रदर्शन हुदैछ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् । ‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासको फ्यान छन् । उनको पछिल्लो रिलिज ‘साहो’ को इनिसियल कलेक्सनले पनि यसलाई प्रस्ट्याईसकेको छ ।











