सलमानको ‘टाइगर ३’ इदमै

फिल्म । सलमान खान अभिनित प्रतिक्षित फिल्म ‘टाइगर ३’ को प्रदर्शन मिती सन् २०२३ को अप्रिल २१ मा घोषणा गरिएको छ । फिल्मको झल्क समावेश एक भिडियो सार्वजनिक गर्दै निर्माण कम्पनि यशराज फिल्म्स्ले डेट घोषणा गरेको हो । सलमानको अघिल्ला फिल्म झैँ इद लक्षित गरेर फिल्म रिलिज हुन् लागेको हो । मनिष शर्माले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो यशराज फिल्मस्को सर्वाधि सफल फिल्मको तेस्रो भाग हो ।

एक था टाइगर र टाइगर जिन्दा है बक्सअफिसमा सफल भइसकेका छन् । त्यसैले पनि निर्माण टिमले ‘टाइगर ३’ बाट निकै अपेक्षा राखेको छ । इमरान हासमीको पनि मुख्य भुमिका रहने फिल्मलाई हिन्दीसँगै तामिल तथा तेलुगुमा समेत रिलिज गरिनेछ ।

कमेन्ट गर्नुहोस्