विवादमा कंगना

फिल्म । बलिउड अभिनेत्री कंगना रनौत बेलाबखतमा विवादमा आउने गर्छिन् । उनले बोलेकै शब्दको कारण उनि विवादित बन्ने गर्छिन् । केहि समय यता बलिउडका अधिकांस अनुहारहरुसँग विआद गर्ने कंगनाले हालै आलिया भट्टसँग विवाद बढाएकी छिन् । आलिया अभिनित फिल्म ‘गंगुवाई कठियावाडी’ आउँदो फेब्रुअरी २५ मा रिलिज हुदैछ । आलियाले अभिनय गरेको फिल्म मध्ये यो महत्वपूर्ण छ । उनको रोल र निर्देशक संजयलीला भन्सालीको कारण फिल्म चर्चामा छ । माधुरी दीक्षित , ऐश्वर्या राय , दीपिका पादुकोण पश्चात भन्सालीले आलियामा स्टार बन्ने सम्भावना देखेर फिल्ममा लिएका छन् । ट्रेलर सार्वजनिक भएपछि केहिले आलियाको प्रसंशा गरे भने केहिले आलोचना ।

यद्दपी निर्देशक भन्साली सहित टीम फिल्मलाई लिएर विश्वत छ । यसैबीच कंगनाले आफ्नो सोसल मिडिया इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै आउँदो शुक्रबार २ सय करोड स्वाहा हुने बताएकी छिन् । उनले नातावादको कारण बलिउडको ठुलो लगानी बलुवामा पानी हुने उल्लेख गरेकी छिन् । उनले फिल्म माफियाका कारण बलिउडले राम्रो फिल्म बनाउन नसकेको आरोप समेत लगाएकी छिन् । उनले पोस्ट गरेको स्टोरीमा कसैको नाम नलिए पनि सहजै आलिया लक्षित रहेको बुझ्न सकिन्छ ।

केहि समय यता कंगनाले अभिनय गरेको फिल्म मनिकर्निका र थलैवीलाई दर्शकको साथ् मिलेको छैन । उनले ‘सिता’ नामक विग बजेटको प्रोजेक्ट गर्ने चर्चा पनि केहि समय यता बढ्दो छ । जसलाई निर्देशक एसएस राजमौलीका पिता विजयेन्द्र प्रसादले लेखिरहेका छन् । कंगनाले गंगुवाईको रोल आफुलाई सुहाउने प्रतिक्रिया समेत केहि समय अगाडी दिएकी थिइन् । यस्तै कारणले गर्दा फिल्म युनिट प्रति कंगनाले रोष प्रकट गरेको भारतीय मिडियामा उल्लेख छ । एजेन्सी

कमेन्ट गर्नुहोस्