‘रबर सिटी’को छायांकन सुरु

फिल्म । विनोद पौडेलको निर्देशनमा रहने फिल्म ‘रबर सिटी’को छायांकन अमेरिकाबाट सुरु गरिएको छ । भुटानी शरणार्थीको कथामा आधारित फिल्मको धेरैजसो छायांकन ओहियो राज्यको एक्रोन सहरमा हुनेछ । छायांकनको लागि एक महिनाको समयतालिका छुट्याइएको निर्देशक पौडेलले जनाएका छन् । सुशांक मैनाली , राधा लम्साल, अरुणा कार्की लगायतको अभिनय रहने फिल्ममा स्थानीय अर्थात् केही अमेरिकी कलाकारले पनि अभिनय गर्नेछन् ।

डेब्यु निर्देशन ‘बुलबुल’ मार्फत नै आफुलाई अब्बल निर्देशकको रुपमा परिचित गराएका पौडेलले ‘रबर सिटी’ मा भुटानी शरणार्थीको जीवनमा आउने उतारचढावको कथा देखाउने छन् । ‘भुटानबाट लखेटिएका, नेपालमा आश्रय लिएका र अमेरिकामा शरणार्थी जीवन बिताइरहेका एउटा परिवारको कथा हो यो,’ पौडेल भन्छन्, ‘मुलुकको राजनीतिक र रणनैतिक निर्णयहरुले एउटा मान्छेको जीवनमा कति धेरै उथलपुथल ल्याउँछ भन्ने विषय यसमा देखाउन खोजिएको छ ।’

कमेन्ट गर्नुहोस्