फिल्म । केहि समय यता निर्देशक मिलन चाम्सको म्युजिक भिडियोमा आँचल शर्माको उपस्थिति बलियो पाइएको छ । मिलनले आँचललाई लिएर केहि भिडियो निर्देशन गरेपछि यी दुइको सहकार्य फिल्ममा समेत देखिने चर्चा हुदै आएको छ । यसैबीच मिलनले एक विज्ञप्ति जारी गर्दै आँचललाई लिएर फिल्म ‘बर एण्ड बधु’ बनाउने घोषणा गरेका छन् । हालै ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका निर्देशक चाम्सले फिल्ममा आँचल तय भएता पनि उनको को-स्टारको खोजि भईरहेको जनाएका छन् ।
रम-कम जनरामा निर्माण हुने फिल्मको लागि फागुनबाट छायांकन गर्ने तयारी निर्माण पक्षको रहेको छ । कोरोना भाइरसको महामारीले असर नपार्ने भए फिल्म चैत्रसम्म छायांकन समपन्न हुने मिलनले जनाएका छन् । फिल्ममा आँचल बधुको भूमिकामा देखिने छिन् । यसै गरि मिलनले आँचलको को-सतामा नयाँ अनुहारलाई डेब्यु गराउने तयारी गरिरहेको बुझिएको छ । उनले उक्त नयाँ अनुहारले केहि समय यता फिटनेसमा गाइड गर्नुका साथै डान्स र अभिनयको क्लासमा समेत राखेर प्रशिक्षणको व्यस्था गरेका छन् । एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको अन्य कलाकार र प्राविधिक केही समय पश्चात घोषणा गर्ने बताइएको छ ।










