किन भइरहेछ सूर्याको आलोचना ?

फिल्म । सूर्या अभिनित तथा निर्मित फिल्म ‘जय भिम’ ले केहि समय राम्रै चर्चा पायो । फिल्मले उठान गरेको विषयवस्तुको सर्वत्र चर्चा भयो । फिल्म हेरेर दर्शकले सामाजिक सञ्जाल मार्फत यसको तारिफ गरे । एक्सनको लागि चिनिने साउथ इन्डियन फिल्ममा सूर्याले केहि समय यता बलियो कथा मार्फत आफुलाई पात्रको रुपमा प्रस्तुत गरिरहेका छन् । यो चर्चा सेलाउन नपाउँदै अर्को चर्चा भयो ।

केही दिनअघि ‘जय भिम’को केही दृश्य अस्करको युट्युब च्यानलमा आएको कुराले सर्वत्र चर्चा पायो । फिल्म निर्माण कम्पनी र सूर्या स्वयंले पनि अस्करको युट्युब च्यानलमा आउनु गर्व गर्न लायक छन् रहेको भन्दै दर्शकसामस खुसी बाँडे । यसको चर्चा भइरहदा नै मंगलबार अस्करलाई पैसा बुझाएर सूर्याले फिल्मको क्लिप्स अस्करको युट्युब च्यानलमा राख्न लगाएको खुलासा भएको छ ।

ट्वीटरले फिल्म निर्माण कम्पनीले ‘प्राउड मोमेन्ट’ भन्दै सेयर गरेको कुरालाई गर्वलायक क्षण नभएको भन्दै टिप्पणी गरेपछि सामाजिक सञ्जालमा तरंग नै पाउदा भयो । निश्चित रकम तिरेपछि च्यानलमा आउन सकिने पनि ट्वीटरले उल्लेख गरेको छ ।

ट्वीटरमा अस्करको पेजमा भएको सूचना राख्दै ट्वीटर प्रयोगकर्ताले ५ हजार अमेरिकी डलर तिरे च्यानलमा आउन सकिने बताएका छन् । सूर्याले यसरी नै पैसा तिरेर क्लिप्स राखेको टिप्पणी यातिबेला सामाजिक सञ्जालमा छ । यस विषयमा सुर्या र फिल्म युनिटले कुनै प्रतिक्रिया दिएका छैनन् । एजेन्सी

कमेन्ट गर्नुहोस्