‘मिसन इम्पोसिबल’ को रिलिज डेट पोस्टपोन्ड

फिल्म । सफल फ्रेनचाइज फिल्म ‘मिसन इम्पोसिबल’ को ७ र ८ शृंखलाको प्रदर्शन मिती फेरिने भएको छ । कोरोना भाइरसले पछिल्लो समय गरिरहेको असरलाई मध्यनजर गर्दै निर्माण युनिटले फिल्मको डेट हेरफेर गरेको हो । नयाँ घोषणा अनुसार सातौं श्रृंखला अब जुलाइ १४, २०२३ मा रिलिज हुने भएको छ भने आठौं श्रृंखला जुन २८, २०२४ मा रिलिज हुनेछ । निर्माण कम्पनी प्यारामाउन्ट र स्काइडान्सले मिसन इम्बोसिबलमा टम क्रुजलाई एजेन्ट इथन हन्टको रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । यद्दपी प्यारामाउन्ट र स्काइडान्सले नयाँ फिल्म ‘टप गन : म्याभरिक’ मे २७, २०२२ मा रिलिज तयारी गरिरहेको छ । यसमा पनि मुख्य भूमिकामा टमनै छन् ।
कमेन्ट गर्नुहोस्