फिल्म । बलिउडका भाइजान अर्थात् सलमान खानले ३१ औ वर्ष पार गरेको अवसरमा सबैलाई शुभकामना दिएका छन् । उनले बलिउडमा ३१ औ वर्ष पार गरेका हुन् । उनले सन् १९८८ मा ‘बिवी हो तो एसी’ मार्फत बलिउडमा यात्रा प्रारम्भ गरेका थिए । उनका पिता लेखक सलिम खान भएता पनि उनले आफ्नै संघर्षले यो सफलताको यात्रा तय गरे ।
उनले यो दौरान आफ्नो यात्रामा सहभागी सबैलाई धन्यवाद दिएका छन् । सलमानलाई स्थापित गर्ने फिल्म भने ‘मैने प्यार किया’ बन्यो । यो फिल्मपछी उनले फर्केर हेर्नु परेन , उनि नोटिस भए । त्यसपछि सलमान यात्रा बलिउडमा राम्रै चल्यो । तर उनको सेकेन्ड इनिन्ग्स भने ‘वान्टेड’ लाई मानिन्छ । प्रभु देवा निर्देशित फिल्मले उनलाई पछिल्लो समयको स्टारसम्म बनायो ।
त्यसपछि उनले अभिनय गरेको दबंग , एक था टाइगर जस्ता फिल्मले उनको लोकप्रियतालाई झनै बढायो । ५३ वर्षीय सलमान विशेष गरि आफ्नो कामकै कारण चर्चा र विवादममा आउने गर्छन । उनले आफ्नो बलिउड यात्राको तिन दशक पारसँगै एक तस्वीर सोसल मिडिया मार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा उनि निकै साना छन् ।










