फिल्म । कोरोना भाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ एक वर्षपछि धकेलिएको थियो । गत वर्षकै क्रिसमसमा रिलिज गरिने भनिएको फिल्म आउँदो अप्रिलमा रिलिज गर्ने तयारीमा निर्माण टीम रहेको छ । केहि समय यता यो फिल्म पनि घोषित डेटबाट सर्ने अनुमान लगाइएको छ । केहि भारतीय मिडियाले स्रोतलाई उल्लेख गर्दै फिल्म सर्ने समाचार समेत बाहिर ल्याए ।
यद्दपी फिल्म घोषित समयमा नै दर्शक माँझ आउने निर्माण पक्षले जनाएको छ । आमिरको प्रोडक्सन हाउसले एक विज्ञप्ति जारी गर्दै फिल्म अप्रिल १४ मै हलमा आउने जनाएको छ । ‘केहि भ्रामक हुने किसिमका खबर आए । यद्दपी हामी घोषित डेटमै आउछौं’ विज्ञप्तिमा भनिएको छ ।
ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।










