फिल्म । निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । यहिँ महिना चैत्र अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने जनाइएको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशबासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएकाे छ ।
फिल्मलाई कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानकाे संगीत, रामकृष्ण बुड्थापाकाे कथा र रामजी राउतकाे मुख्य सहायक निर्देशक रामजी राउत हुनेछ।
कमेन्ट गर्नुहोस्










