जाल बुन्योमा ट्विन्स गर्ल

फिल्म । गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जाल बुन्यो’ गीतमा सुजातासँगै विपिन घिमिरेको स्वर रहेको छ । गायक विपिनको संगीत रहेको गीतमा शिव अधिकारीको शब्द रहेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो प्रिमियर गरियो । कार्यक्रममा गीतको निर्माण टिमसँगै कलाकारको उपस्थिती थियो । गीतको भिडियोमा ट्विन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै ट्विन्स ब्वाय अमर दाहाल र अमृत दाहालको नृत्य रहेको छ । मानकृष्ण महर्जनले खिचेको भिडियो विकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने भिडियोमा निर्देशन र कोरियोग्राफि रामजी लामिछानेको रहेको छ ।

कार्यक्रममा गायिका सुजाताले निकै मिहिनतका साथ गीतको अडियो र भिडियोमा काम गरेको र दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरिन् । गायक विपिनले पनि युवापुस्तासँगै सबै वर्गका दर्शकलाई मन पर्ने खालको गीत बनाइएको भन्दै गीत सबैलाई मन पर्नेमा विश्वास राख्छन् । भिडियोका कलाकारले काम गर्दा टिम राम्रो भएकाले भिडियो पनि राम्रो बनेको प्रतिक्रिया दिए । निर्देशक रामजी लामिछाने र गायिका सुजाताको यो दोस्रो सहकार्य हो । यसअघि सुजाताको ‘राती राती फोन गर्ने’ बोलको गीतमा राजमीकै निर्देशन थियो ।

कमेन्ट गर्नुहोस्